बझाङ उपनिर्वाचनका लागि एमालेद्वारा ५०१ सदस्यीय समिति गठन

gyan kendra dadel

कैलाली- आगामी वैशाख १५ गते हुन लागेको बझाङको उपनिर्वाचनको लागि एमाले प्रदेश अध्यक्षको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गरिएको छ ।

Khanepani dadeldhura

आज धनगढीमा पत्रकार सम्मेलन मार्फत एमाले प्रदेश उपसचिव भागरथी विष्टले चैत्र २४ गते धनगढीमा सम्पन्न भएको प्रदेश कमिटी बैठकले उपनिर्वाचनका लागि समिति गठन गर्ने निर्णय गरिएको जानकारी गराएकी छन् । उनले उक्त समितिमा प्रदेश कमिटीको सदस्य तथा पदाधिकारीहरू, प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरू, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, विभागका सदस्य, जनसङ्गठन र पेसागत सङ्गठनका प्रदेश पदाधिकारी तथा सदस्यहरू रहने जानकारी गराइन् ।

ajaymeru gaupalika
udhok dadeldhura

त्यस्तै प्रदेश कमिटी बैठकले आगामी वैशाख ७ गतेभित्र पार्टी सदस्यता नवीकरण गर्न समेत निर्देशन दिएको छ । बैठकले विभिन्न विभाग प्रमुखहरूको जिम्मेवारी पनि तोकेको छ । प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने स्थानीय विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कालीबहादुर शाहीले पाएका छन् ।

सङ्गठन विभाग प्रमुखमा सचिव रणबहादुर चन्द, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव भागरथी विष्ट र उपप्रमुख मातृका तिमिल्सेना, वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुख उपसचिव नरबहादुर विश्वकर्मालाई दिइएको छ । बैठकले २३ वटा विभाग प्रमुख, २२ जनसङ्गठन इन्चार्ज, ३२ प्रदेश सभा निर्वाचन क्षेत्र र ८८ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी पनि तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रदेश समितिमा विभिन्न पार्टीबाट आएका १० जना र पार्टी भित्रका १३ जना गरी २३ जनालाई मनोनीत गरेको प्रस्ताव केन्द्रमा अनुमोदनका लागि पठाइएको जानकारी प्रचार तथा प्रकाशन विभाग प्रमुख विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बझाङमा एमालेले लोकप्रिय मत पाउँदै विजयी हुने दाबी गरे । उनले बझाङमा एमाले त्यसै पनि बलियो अवस्थामा छ त्यसैमाथि हाम्रो उम्मेदवार निकै लोकप्रिय र जनताले रुचाइएका व्यक्ति रहेको बताए । एमाले राम्रो मतसहित निर्वाचन जित्ने उनले दावी गरेका छन् ।

Loading...