धनगढीमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढी स्थीत एक कटेजमा जुवातास खेलिरहेको अवस्थामा कटेज संचालक सहित १० जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–११ घोडसुवा स्थित सोही ठाँउ बस्ने ५८ वर्षीय रामशरण रानाले संचालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालक सहित १० जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजबाट उनिहरुलाई नगद ५८ हजार १९० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Loading...