धनगढीमा ६ लाखको अवैध कण्डम सहित युवक पक्राउ

Dadeldhura hospital

धनगढी– धनगढीमा झण्डै साढे ६ लाख बराबरको अवैध कण्डम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डम सहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए ।

उनका अनुसार चन्द सुत्ने काेठामा लुकाइ छिपाइ राखेको अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो । बरामद गरिएको कण्डम सहित चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...