बैतडीमा आफ्नै श्रीमतीको हत्या गरेका धामी कारागार चलान

बैतडी- बैतडीमा श्रीमतीको हत्या गर्ने ६३ वर्षीय कृष्ण धामी कारागार चलान भएका छन् । धामीले चैत्र ८ गते कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका थिए । जिल्ला अदालतले उनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

Dadeldhura hospital

चैत्र ८ गते बिहान धामीले कोदालोले हिर्काएर आफ्नै श्रीमती ५६ वर्षीया पार्वती धामी, उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुवास कलौनी र देवराज भट्ट माथि पनि आक्रमण गरेका थिए ।

Navadurga sun
Godawari sandesh

उनकी श्रीमतीको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । आक्रमणबाट घाइते भएका कलौनी उपचार पछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ।

Loading...