धनगढीको चैतन्य पाठशालामा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

धनगढी- धनगढीको चैतन्य पाठशालाले चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । अहिलेको आधुनिक शिक्षा र २१ औं शताब्दीमा अभिभावकत्व भने मूल नाराका साथ पाठशालाले आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेको डाक्टर हेमराज पन्तले यो समाज परिवार राष्ट्र निर्माण पहिचान युक्त सभ्य समाज बनाउँन हामीले आफूबाट, आफ्नो घरबाट सुरु गर्नुपर्ने बताए । जुन ठाउँमा बालबालिका र राम्रो वातावरण छ त्यही ठाउँमा राख्न र आवश्यक रहेको उनले बताए ।

Navadurga sun

त्यस्तै चैतन्य पाठशालाका प्राध्यापक कटक बहादुर सिहंले धनगढीमा अरु विद्यालयले ज्ञान, सीप दिएको छ जुन शुल्कमा पठन पाठन, कम शुल्कमा शिक्षा दीक्षा दिइएको छ त्यो भन्दा राम्रो गुणस्तर चैतन्य पाठशालाले दिएको बताए ।

पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आजको एक बालक विश्व बजारमा विश्व समाजमा भोलिका दिनमा प्रतिस्पर्धा गर्ने सक्छ कि सक्दैन त्यो चिन्तन भिजन लियर चैतन्य पाठशाला परिवार तेश्रो नागरिक उत्पादन गर्ने तर्फ लागेको बताए । कार्यक्रममा विभिन्न क्याम्पस तथा विद्यालयका शिक्षक, पत्रकार, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...