अत्तरिया- नेकपा एमालेको केन्द्र देखि प्रदेश जिल्ला हुँदै नगरसम्म पार्टीको आन्तरिक र राजनीति बलियो बनाउन संगठनका विभिन्न कमिटीको पदाधिकारी चयनमा पार्टीले चुनावी अधिवेशनहरू सुरु भएको छ । जिल्लाको पदाधिकारी चयन सम्पन्न पछि स्थानीय पालिकाहरूमा पदाधिकारी चयनको सरगम तातिरहेको छ ।


सन्दर्भ कैलालीको गोदावरी नगरपालिकाको एमाले पार्टीको राजनीति अरु क्षेत्र भन्दा फरक रूपले हेर्ने गरिएको पाइन्छ । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव लेखराज भट्टको क्षेत्र पनि हो । यो क्षेत्रमा एमालेको उपाध्यक्षमा रहेर पार्टी हाँकेका नेता डा. भीम रावलका शुभचिन्तक नेता कार्यकर्ताहरू पनि भएकाले याे क्षेत्रको राजनीति केही फरक किसिमले हुने गरेको देखिन्छ।


अहिले पालिकाको राजनीति पार्टीभित्रको बलियो रूपमा र मिसन ८४ लाई सफल पार्न नेतृत्व चयनको लडाइ हुनु स्वाभाविक हो । तर गोदावरीको पालिकाको कमिटी गठनमा ५ वटा गुडमा राजनीति सुरु भएको स्रोतहरूको दाबी छ । यहीका एउटा पात्र हुन् गौरी भट्ट (केजरीवाल) । उहाँ लामो समय देखि पार्टीको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण भूमिका गर्दै आएका नेताका रूपमा चिनिन्छन् ।

५२ साल देखि पार्टीको शुभचिन्तकका रूपमा काम गर्दै आएको उहाँको भनाइ छ । आफू बैतडीमा पार्टीका अग्रज नेताहरूसँग काम गरेको लामो अनुभव रहेको समेत उहाँले बताउनुभयो। ६९ साल देखि पार्टीका भात्री संगठनहरूमा नेतृत्वसँगै काम र अनुभव बटुलिसकेको बताउँदै ७७ र ७८ तिर गोदावरी नगरपालिका वडा नम्बर १ को उपसचिवको रुपमा काम गरेको र अहिले पार्टीको वडा कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएर काम गरिरहेको समेत उहाँले बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी कैलालीले वैशाख २६ गते पालिकाको अधिवेशनको मिति घोषणा गरे सँगै आकांक्षा पदाधिकारीहरूको सरगम तातेको देखिन्छ ।
त्यस मध्येकै एक उम्मेदवार वडा नम्बर १ का कार्यवाहक अध्यक्ष गौरी भट्ट (केजरीवाल) ले भने आफ्नो स्वभाविक नै नगरको अध्यक्षमा उम्मेदवारी हुनु केही नौलो नभएको बताउनुभयो । पार्टी नेतृत्वले पनि म महत्वपूर्ण व्यक्ति भएको बुझेको हुनुपर्छ भन्ने आफूमा विश्वास रहेको उहाँको दाबी छ । सकेसम्म पार्टीले मलाई सर्वसम्मत बनाउनु महत्वपूर्ण हुन्छ । राजनीति सेवा हो । लाभ होइन ।
पैसाले मात्र राजनीति हुन्छ भन्नु गलत भएको उहाँको तर्क थियो । पैसाले राजनीति हुन्छ भने पैसावाला व्यक्तिलाई पार्टी बुझाइ हुन्छ। यो नेकपा एमाले सर्वहारा निमुखा जनताको पार्टी हो । निमुखा जनताका छोराले पनि नेतृत्व गर्न पाउनु महत्त्वपूर्ण र पार्टीको नाराअनुसार सुहाउने बताउनुभयो । उम्मेदवारले मात्र पार्टी बलियो हुँदैन । दोस्रो र तेस्रो लाइनमा उभिने पार्टीका सिपाहीहरूबाट मात्र पार्टी बलियो हुन्छ यसलाई मनन गरेर लाग्नु जरुरी रहेको छ ।
उम्मेदवारी दिनु स्वाभाविक नै हो सबैले सबै उम्मेदवारभन्दा आफू अब्बल रहेको रहेको उहाँको बुझाइ छ। तर उहाँ पाँचवटा गुट मध्ये कुन गुटका अध्यक्षका आकांक्षा उम्मेदवार हुन् भन्ने कुरा खुलाउन मात्र उहाँले चाहनुभएको थिएन ।