२८ सय ३८ जनामा कोरोना संक्रमण, ३० को मृत्यु

काठमाडौं, ६ साउन– पछिल्लो २४ घन्टामा थप २८ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। १२ हजार ६१६ नमूना परीक्षणमा २८ सय ३८ जनामा संक्रमण देखिएको हो। ८७ सय १५ नमूनाको पीसीआर विधिबाट र ३९ सय १ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

जसमा पीसीआरबाट १९ सय १८ र एन्टिजेनबाट ९२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय ७५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ।

Navadurga sun
Godawari sandesh

यस्तै बुधबार कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ। मंगलबार कोरोनाबाट थप २१ जनाको मृत्यु भएको थियो। नेपालमा हालसम्म कोरोनाबाट ९ हजार बढीको मृत्यु भइसकेको छ।

Couple
Loading...