कैलालीमा लागुऔषधिसहित दुई जना पक्राउ

अत्तरिया, ६ साउन– कैलाली प्रहरीले लागुऔष सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको धनगढी र भजनीबाट लागुऔषध सहित दुई जना लाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पनेमा कञ्चनपुरको पुर्नसवास नगरपालिका–११ का २२ वर्षीय केसर राई र भजनी नगरपालिकाका – ८ चर्राका ३० वर्षीय दिनेश चमार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

राईको साथबाट लागुऔषधि नाइट्राभेट–३० ट्याब्लेट र स्पास–१६ ट्याब्लेट फेला परेको हो,भने चमारको साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...