हत्या गरेको आरोपमा एक महिला पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

डोटी- डोटीमा सौताको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । डोटीको बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगरले स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेना खोलामा रहेको पानी घट्ट भित्र मृत फेला परेकी थिइन् । उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्ट भित्र मृत फेला परेकी थिइन् ।

मृतककी भाइबुहारी डम्मरी थापा मगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी यमुना माथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यमुनाले ढुङ्गा, हँसिया र बन्चरो टाउकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले बताए । जिल्ला प्रहरी कार्यालयले सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...