सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउने रञ्जिताको निर्णय

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् ।

Malpot office dadeldhura

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमल बहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।

तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री छन् । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसद मध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...