कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएका मध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा.डा. अक्कल देव मिश्र, प्रा.डा. तारादत्त भट्ट, प्रा.डा. धुव्र कुमार गौतम र प्रा.डा पदम राज जोशीको आवेदन स्वीकृत भएको छ ।
त्यसैगरी प्रा.डा.पूर्ण बहादुर चन्द, प्रा.डा. भवानी दत्त जोशी, प्रा. यज्ञराज पाठक, राजेश कुमार ठगुराठी र प्रा.डा. हेमराज पन्तको दरखास्त स्वीकृत भएको छ ।
स्वीकृत उम्मेदवारहरूलाई यही चैत २७ भित्र विश्व विद्यालय सम्बन्धी आफ्ना सोच पत्र (भिजन पेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा डा अम्मराज जोशीको कार्यकाल गत फागुन १८ गते सकिएको थियो ।