दार्चुलामा अढाई किलो चरेस सहित २ पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

दार्चुला- दार्चुलामा अढाई किलो चरेस सहित दुई जना पक्राउ परेका छन् । दार्चुलाको महाकाली नगरपालिका-१ श्रीबगरबाट अढाई किलो बढी चरेस सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । ब्यास गाउँपालिकाको सुन्सेराबाट सदरमुकाम खलंगा आईरहेको ट्र्याक्टरलाई चेकजाँच गर्दा चरेस फेला परेको प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझतिर सुन्सेराबाट खलंगा आईरहेको सुपप्र ०२००१ त १३१० नम्बरको ट्र्याक्टरबाट दुई किलो सात सय ग्राम चरेस बरामद भएको हो । उक्त ट्र्याक्टरका चालक र सवार एक जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनका अनुसार ट्र्याक्टर चालक कृष्णपुर नगरपालिका-३ कन्चनपुर बस्ने वर्ष २७ का हर्कलाल राना र व्याँस गाउँपालिका-४ सुन्सेरा बस्ने जयलाल सिह कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा चरेस बरामद गरेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...