कञ्चनपुरमा एक गाई गोठमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा स्थति एक गाई गोठमा आगलागी भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी स्थित जितराम चौधरीको काठले बनेको कच्चि गाई गोठमा आइतबार साँझ आगलागी भएको हो ।

Malpot office dadeldhura

आगलागी हुँदा गाई गोठ र गोठ भित्र रहेका काठ  लगायतका सामान गरी अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...