सुत्केरी व्यथा लागेकी महिलाको दार्चुलाबाट हवाइ उद्वार

Purbadhar dadeldhura

दार्चुला- रक्तश्राव भएपछि सुत्केरी व्यथा लागेकी महिलाको दार्चुलाबाट हवाइ उद्वार गरिएको छ । आइतबार बिहान लेकम गाउँपालिका-३ लालीबाट महिलाको हवाई उद्धार गरिएको हो ।

Malpot office dadeldhura

गाउँपालिकाको ३ नम्बर वडा मकन्ना बस्ने ३६ वर्षीया हरिनादेवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले बताए ।

गत राती १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पुर्‍याइएकी जोशीलाई रक्तश्राव (ब्लडिङ) को समस्या देखिए पछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...