डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिना पानीले गहुँबालीमा क्षति

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकामा असिना पानी परेको छ। शनिवार परेको असिना पानीले पाक्न लागेको, गहुँबाली, तरकारी तथा फलफुलमा क्षति पुर्याएको धिर्कामाण्डौँका स्थानीय तथा नेकपा माओवादीका बोगटान फुड्सिल गाउँकमिटीका इन्चार्ज देव बहादुर बोहराले बताए ।

असिना पानीले उक्त पालिकाको धिर्कामाण्डौँ, सातफरी, चवराचौतारा लगायत ७ वटै वडामा क्षति पुर्याएको छ । साथै केआइसिँह तथा बड्डीकेदार गाउँपालिकाका केही ठाउँमा समेत क्षति पुगेको छ। पाक्न लागेको गहुँबालीमा क्षति पुगेपछि किसान मारमा परेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...