कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो । बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरि करिब १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरीले बताएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...