विश्व ज्योति सहकारीको २१ औं साधारण सभा सम्पन्न

अत्तरिया- विश्व ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि गोदावरी कैलालीको २१औं साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

साधारण सभाको अध्यक्षता संस्थाकी अध्यक्ष खेमा देवी ओझाले गर्नु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश माननीय तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिइन । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले सबैले नितिबिधि अनुसार सहकारी संस्था सञ्चालन गर्नुपर्ने, सेयर सदस्यहरूले संस्थालाई निगरानी गर्नुपर्ने, सुझाबहरू दिनुपर्ने, नयाँ नयाँ प्रबिधीहरु आएकाले यसमा जानु पर्ने, ऋणिहरुले समय मै संस्थाको पैसा दिनु पर्ने यसो गरे सेयर सदस्यहरूलाई पनि फाइदा पुग्छ । प्रदेश सरकार को तर्फबाट आफुले सहयोग गर्न नसके पनि यसको लागी प्रयत्न गर्नेछु महिलाहरु लाई सहयोग गर्न महिला भएको ले खुसि लाग्ने भनि बताइन । सहकारी को विकास गर्न सहकारी संस्था सम्बन्धी ऐन आदि को अध्ययन गर्नु पर्ने समेत बताइन् ।

संस्थाकी अध्यक्ष खेमा देवी ओझाले यस संस्थाले सबै सेयर सदस्यहरूको जिबनोस्तर सुधार गर्दै आइरहेको र गर्दै जाने बताइन् । यस सहकारी सम्बन्धी गलत तथा भ्रमहरू बजारमा आएको र त्यसको पछाडि न लाग्न सबैलाई अनुरोध समेत गरिन् । उनले सबै दिदी बहिनीहरूलाई आपसमा मिलेर सहकारी मार्फत हुने बिकासमा सहभागी हुन अपिल पनि गरेकी हुन् ।

गाँउ गाँउमा सहकारी घरघरमा रोजगारी को नारा रहेको उक्त सहकारी मा करिब १ हजार १ सय शेयर सदस्य हरू रहेका छन । कार्यक्रम मा स्वागत मन्तव्य संस्थाकै उपाध्यक्ष बेलु पार्किले राखेकी थिइन । कार्यक्रमका बिशिष्ट अतिथि भुमि तथा सहकारी रजिष्ट्रारको कार्यालय धनगढी का बरिष्ठ नायबसुब्बा देवराज पन्त र जिल्ला सहकारी संघका अध्यक्ष फणि सापकोटा रहनु भएको थिए । 

२०५९ सालमा दर्ता भई संचालनमा आएको उक्त सहकारी संस्थामा अहिले चुक्ता शेयर पूँजी १ करोड ४५ लाख १५ हजार ९ सय रहेको जानकारी संस्थाकी अध्यक्षले दिएकी थिइन । कार्यक्रममा जानकारी दिँदै निक्षेप तथा कर्जा प्रवाह निक्षेप संकलन आब ०७९/८० मा ५ करोड ८ लाख ६५ हजार ७ सय २६ रुपैयाँ छ भने कर्जा प्रवाह आ.व.०७९/८० आषाढ मसान्त सम्म ६ करोड ८९ लाख ७२  हजार ५१ रुपैयाँ लगानीमा रहेको जनाइएको छ भने जम्मा कारोबार ८ करोड ८० लाख ७४ हजार ८ सय २० रुपैयाँ रहेको छ ।

संस्थाको गत वर्षको सबै खर्च घटाई खुद नाफा १ लाख ९७ हजार ६ सय ४० रहेको छ भने आव ०७९/८० मा ११ लाख ९६ हजार २ सय ६२ रुपियाँ रहेको छ ।

कार्यक्रममा वृद्ध सदस्यहरू, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बाल बचतकर्तालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एसइइ मा उत्कृष्ट नतिजा हासिल गरेकी संस्थाकै सेयर सदस्य की छोरी प्रिन्सा भट्ट सँगै उत्कृष्ट बाल बचतकर्ताहरुलाई झोला दिएर सम्मान गरिएको थियो ।

Loading...