धनगढीमा युवती मृत फेला

Dadeldhura hospital

धनगढी- धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । आज शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा २१ वर्षीया महेश्वरी गिरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

Ganyapdhura gau

बझाङ स्थायी घर भएकी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए। धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुबाको घरमा धनगढीमा बस्दै आएकी थिइन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Couple
Loading...