पोखरामा बस दुर्घटना हुँदा ठाडै उभियो बस

RBB Bank Suvakamana
Purbadhar dadeldhura

पोखरा- पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटा बाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

Malpot office dadeldhura

दुर्घटनामा बसका चालक टीका राम बिक र सहचालक सालिक राम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालक मात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्य बहादुर रानामगरले जानकारी दिए । बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...