डोटी– डोटीमा आगोले जलेर घाइते एक महिलाको मृत्यु भएको छ । बिहीबार शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी जंगलमा लागेको आगोले जलेर गम्भिर घाइते भएकी थिइन । दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन ।
गम्भिर घाइते भण्डारीको राजपुर स्थित सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा ल्याईएको थियो । राति १ बजेतिर अस्पतालले भण्डारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।