बैतडीमा एक बालिका मृत फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् ।

बुधवार बिहान विद्यालय गएकी सार्की घर फर्कने बेला नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले बताए । डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिता मृत्युको कारण नखुलेको केसीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

add haru
Dadeldhura Aspatal & Ban
Loading...