सुदूरपश्चिममा विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने जनक शिक्षाको दावी

आज देखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु

धनगढी- सधैँका वर्ष सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तक अभाव खेप्दै आएका विद्यार्थी यस वर्ष समयमै पाठ्यपुस्तक पाउने भएका छन् । कच्चा पदार्थ अभाव, कम उत्पादन, मेनपावरको कमी, छपाईमा ढिलाई तथा ढुवानीको समस्या कारण पाठ्यपुस्तक नपाउने विद्यार्थीहरू यस वर्ष समयमै पुस्तक पाउने जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालयले बताएको छ ।

कार्यालय प्रमुख राम बहादुर कुँवरले गत वर्ष समयमै पाठ्यपुस्तक बितरण भएकोमा यस वर्ष पनि पूर्व तयारी गरेर अगाडी बढेकाले विद्यार्थीले समयमै पुस्तक पाउने दाबी गरे । यस वर्ष केन्द्रमा प्रसस्त मात्रामा कच्चा पदार्थ रहेको, केन्द्रमा २ वटा ब्यान्डीन मेसिन थप गरिएको, गत वर्ष नै ३ वटा प्रिन्टिङ मेसिन थप गरिएको र मेन पावर कमी नभएका कारण अभाव हुन नदिन पूर्ण रुपमा लागेकाले यस वर्ष समयमै पाठ्यपुस्तक पुग्नेमा ढुक्क रहेको कार्यालय प्रमुख राम बहादुर कुँवरले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

२४ घण्टा मेनपावर खटिएकोले दैनिक डेढ लाख पाठ्य पुस्तक उत्पादन हुने गरेको र देशैभरी ८ वटा क्षेत्रबाट पाठ्य पुस्तक बिक्री बितरण गर्ने गरिएकामा यस बर्ष समयमै पाठ्यपुस्तक पुग्नेमा ढुक्क रहेको उनको दावी छ । दोस्रो लटमा ऐच्छिक विषयहरू बितरण गर्ने बताए ।

यस्तै जनक शिक्षा सामग्री केन्द्र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबार देखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको छ। बाजुरा जिल्लाबाट बितरण सुरु  गरेको छ। प्रादेशिक कार्यालय धनगढी प्रमुख कुँवरका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको हो ।

Dadeldhura hospital

जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए। चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो। जनक शिक्षा सामाग्री केन्द्रको धनगढीमा रहेको गोदाममा मंगलबार सम्म १५ लाख ३२ हजार एक सय ४८ थान किताब आपूर्ति गरिएको छ। जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले आज मंगलबार देखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो । धनगढी केन्द्रबाट बाजुरा जिल्लालाई आज मंगलबार बाटै किताब बिक्रीबितरण सुरु गरिएको छ ।

शैक्षिक सत्र २०८१ मा कैलाली जिल्लाका लागी ६ लाख १४ हजार ७ सय ९८, कञ्चनपुरका लागी २ लाख ८९ हजार १ सय ५७, डडेल्धुरामा १ लाख ३ हजार ३ सय १०, डोटी १ लाख ३७ हजार ६ सय ९२, बैतडीका लागी १ लाख ७८ हजार ३ सय ६० पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ । बैतडीमा १८ गते किताब पठाइनेछ ।

यस्तै अछाममा चैत १९ गते किताब पठाइने र अछाममा १ लाख ६५ हजार ८ सय ३१ थान किताब आवश्यक रहेको छ । बझाङका लागी १ लाख ७७ हजार २ सय १५, दार्चुलामा चैत १५ र १६ गते किताब बिक्री गरिनेछ। दार्चुलाका लागी १ लाख २१ हजार १२ थान बिक्री गर्ने लक्ष्य राखिएको छ। र बाजुराका लागी १२ हजार ७८ हजार ६ थान बिक्री गर्ने लक्ष्य राखिएको छ ।

बाजुरा स्वामी कार्तिकखापर गाउँपालीकाका पुस्तक बिक्रेता नरेश जंग शाहीले जनक शिक्षा सामाग्री केन्द्रले यसपाली समयमै पाठ्यपुस्तक उपलब्ध गराउँदा निकै सहज भएको बताए । उनले भने जनक शिक्षा सामाग्री केन्द्रले गरेकोमा एकदमै खुसी छु , किनभने यो भन्दा १०/१५ दिन मात्रै ढिला गरिदिएको भए वर्षातमा पहाडी जिल्लामा ढुवानीको समस्या हुन्छ, बाटोघाटो बिग्रिन्छ उनले भने । प्रादेशिक कार्यालय धनगढीमा पनि किताब भएपनि लिन समस्या हुन्छ, यो पाला वर्षात अगावै पाठ्यपुस्तक उपलब्ध गराउँदा हामी एकदमै खुसी छौँ ।

यस्तै बाजुराका टेक बहादुर थापा शैक्षिक सत्र आउनु भन्दा पहिला नै पाठ्यपुस्तक पाउने भएकाले हामी बिक्रेतालाई पनि निकै सहज हुने बताए । बझाङका पुस्तक बिक्रेता प्रयागराज धामीले बझाङका लागी चैत १७ गते पाउने भन्दै यसपटक समयमै पाठ्यपुस्तक पाउनेमा ढुक्क रहेको बताए । समयमै पाठ्यपुस्तक पाएमा कम झन्जट हुन्छ । उनले बझाङ लगेको ४,५ दिनमै पाठ्यपुस्तक बितरण गरिसक्ने बताए ।

Loading...