धनगढीका मेयर गोपाल हमालकी छोरी भारतमा हराइन् 

Dadeldhura hospital

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन् । सोमबारबाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन् । मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् ।

Ganyapdhura gau

उनले लेखेका छन्, ‘उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजो देखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्क विहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’ उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी समेत दिएका छन् ।

Couple
Loading...