कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् ।

Malpot office dadeldhura

बेपत्ताको खोजी गर्न गोताखोर खटाउने बारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ ।

बर्दियाको सिमाना तर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको इन्स्पेक्टर हरेराम डाँगीले जानकारी दिए । होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरू मध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ‘घटनाबारे सोधपुछ गर्न हामी डाइभ हान्नेहरूलाई सम्पर्कमा ल्याउँदै छौँ’ इन्स्पेक्टर डाँगीले भने ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...