बैतडीमा एक किशोरी मृत अवस्थामा फेला

Purbadhar dadeldhura

बैतडी- बैतडीको दोगडाकेदारमा एक किशोरी मृत फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपति महरा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीका अनुसार पशुपति घर भन्दा दुई सय मिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेकी हुन् ।

शनिबार राति उनी झुन्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...