बझाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बझाङ- बझाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ। जयपृथ्बी नगरपालिका–१० सदरमुकाम चैनपुर बजार स्थित सर्जन थापाको घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई शुक्रवार राति आगलागी भएको हो। आगलागी हुँदा उक्त पसल र घर भित्र रहेका सर–सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उक्त आगलागीबाट मानवीय क्षति नभएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भई रहेको छ।   

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...