भारतीय नागरिक मृत फेला

दार्चुला- दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–५ ठड्याकाठो सडक देखि एक सय मिटर तल महाकाली नदीमा भारतका २५ वर्षीय प्रेम सिंह नेगीको शव फेला परेको हो।

प्रहरीका अनुसार भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहिवार दिउँसो नदीको ढुङ्गाको बिचमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटनाको विषयमा थप अनुसन्धान गर्दैछ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...