चैतन्य पाठशालाद्धारा हरियाली धनगढी अभियानलाई आर्थिक सहयोग

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- धनगढी ५ मा रहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाको हरित धनगढी अभियानलाई सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्य सहित आर्थिक सहयोग गरेको छ ।

Malpot office dadeldhura

धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहयोग स्वरूप १ लाख रुपैयाँ धनगढी उपमहानगरपालिकालाई सहयोग गरेका हुन् । चैतन्य रिसर्च एन्ड डिभलपमेन्टका प्रमुख डा.हेमराज पन्तको उपस्थितिमा नगर प्रमुख गोपाल हमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरिएको हरियालीमय धनगढी अभियानलाई ऐक्यबद्धता जनाउँदै नगर प्रमुखको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो । सहयोग बारे नगर प्रमुख हमालले चैतन्य पाठशालाले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरे । शिक्षा र संस्कारको संगम भन्ने मूल नाराका साथ संस्कार युक्त शिक्षालाई चैतन्य पाठशालाले जोड दिँदै आइरहेको छ । उपमहानगरले कार्यक्रमलाई सार्थक पार्न सहयोग गर्नेका लागि ४१७०१००३०५०१०००२ नम्बरको राष्ट्रिय बाणिज्य बैँकमा खाता सञ्चालनमा ल्याएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...