कैलालीको धनगढीबाट लागूऔषध सहित तीन जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । कैलालीको धनगढीबाट लागूऔषध सहित डडेल्धुराका २ युवक सहित ३ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित डडेल्धुराको आलिताल गाउँपालिका-१ बस्ने २२ वर्षीय बिक्रम बोहरासहित दुई जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट ५२ ग्राम लागूऔषध (गाँजा) द्दसहित सोही ठाउँ बस्ने ३५ वर्षीय विशाल श्रेष्ठलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई अस्थाई प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट गाँजा फेला पारी पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तिनै जना माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...