नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन

डडेल्धुरा- नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन् । एमाले डडेल्धुरा संयोजक रहेका शाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । उपाध्यक्ष दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकार चयन भएको स्रोतले बताएको छ । अध्यक्ष शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन् । शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन् ।

उनी त्यसपछि जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए । उनी २०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए ।

Loading...