कञ्चनपुरमा खैरो हेरोइन सहित एक भारतीय पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा खैरो हेरोइन सहित एक भारतीय पक्राउ परेका छन् । कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ नकैयाबाट १० दशमलब २ ग्राम खैरो हेरोइन सहित भारत उत्तर प्रदेश लखिमपुर ग्राम खजुरियाका १८ वर्षीय सर्वेश कुमार चौहान पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीम (पीआईटी) ले ठूलो परिणाममा लागूऔषध खैरो हेरोइन सहित ति भारतीयलाई पक्राउ गरेको हो ।

पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा प्रहरीले उनको पाइन्टको गोजीमा पोको पारेको खैरो हेरोइन भेटाएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । खैरो हेरोइन सहित नियन्त्रणमा लिइएका चौहान माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...