प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
काठमाडौं, ३ साउन- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।




मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए ।


देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

