सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन

धनगढी- सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् । शनिवार धनगढीमा भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष दयाकृष्ण पन्तको संयोजकत्वमा भएको पहिलो अबिधेशनले उपाध्यक्षमा प्रजिता भट्ट, सचिवमा पदमराज भट्ट , सह सचिवमा आशिष शाह, कोषध्यक्षमा प्रकृति पन्त र सहकोषाध्यक्षमा ममता जोशी चयन चएका छन् ।

Dadeldhura hospital

त्यसैगरी सदस्यहरुमा महेश बहादुर चन्द, दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम बोगटी, देवी चन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, बिनम राज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

जनस्वास्थ्य संघको आगामी बैशाख ८ गते हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अध्यक्षको लागि पेशागत समुहबाट शिवराज सुनारलाई सिफारीस गर्ने निणर्य गरेको छ भने जनस्वास्थ्य संघको केन्द्रिय कार्यसमितिको पदाधिकारी तथा सदस्यको नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशका वर्तमान अध्यक्ष झनक ढ्ङगानालाई सिफारीस गर्ने निणर्य गरेको छ ।

शनिवार भएको पहिलो अधिवेशनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष दयाकृष्ण पन्त, प्रदेश सभा सदस्य प्रकाश बम तथा प्रजातान्त्रिक चिकित्सक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर प्रदिप मिश्र, जनस्वास्थ्य संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष झनक राज ढ्ङगाना, नेपाल स्वास्थ्यकर्मि संघ सुदूरपश्चिम प्रदेशका सचिव केशर साउद लगायतको सहभागिता थियो ।

Loading...