दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते

Dadeldhura hospital

दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहीवार लेकम गाउँपालिका-५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धन बहादुर बोहरा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक सहित ४ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी अनयन्त्रित भएर दुर्घटना भएको हो ।

Godawari sandesh
Navadurga sun
Loading...