कर्णाली पुलमा सवारीसाधन चलाउन अझै समय लाग्नसक्छ : प्राविधिक टोली

धनगढी- लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली  पुलको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । सोमबार दिउँसो विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी कणर्ाली पुलमा आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारीसाधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरिरहेको छ । पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्ण राज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँया तर्फका ७-७ केबल जलेको पाइएको बताए ।

Navadurga sun

जलेका केबल सहित पुलको सतहको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारीसाधन चलाउन नमिल्ने अधिकारी बताउँछन् । ‘हामीले पुलको अवस्थाबारे विस्तृत विश्लेषण गर्न बाँकी छ । अहिले गाडी गुडाएर हेरिरहेका छौँ । सके सम्म बिहीबारसम्म रिर्पोट तयार हुन्छ होला,’ अधिकारीले भने, ‘पुलका दुवै तर्फका १४ वटा केबल जलेको भएपनि अहिले सम्म थप क्षति भएको देखिएको छैन तर मर्मतको काम गर्नु पर्ने भएकाले समय लाग्न सक्छ ।’

उनले पुलको सतह मर्मत गर्नु पर्ने भएकाले कम्तीमा पनि तीन दिन सम्म सवारीसाधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मत सम्भार गरिने बताउँदै अधिकारीले आगोले क्षति गरेका केबल भने तत्काल मर्मत नहुने उल्लेख गरेका छन् । सोमबार साँझ विरगञ्जबाट लाइटर बोकेर आइरहेको ट्रक कणर्ाली पुलमाथि गुडिरहेको अवस्थामा आगो लागेको थियो ।

सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ । ट्रकमा आगो के-कसरी लाग्यो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिएका छन् ।

आगलागीपछि कणर्ाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारी साधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्ग मार्फत चलिरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...