नेकपा एमाले डोटीको नवौं अधिवेशन अनिश्चित

डोटी- प्रतिनिधि छनौटको विषयमा विवाद परेपछि नेकपा एमाले डोटीको नवौं अधिवेशन अनिश्चित बनेको छ । चैत २ र ३ गतेका लागि तय भएको अधिवेशन अब कहिले हुन्छ भन्ने कुनै निश्चित छैन । मापदण्ड विपरीत अधिवेशन प्रतिनिधि छनौट भएको भन्दै पार्टी केन्द्रीय संगठन बिभागमा उजुरी परेपछि विभागले सो विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेश अध्यक्षलाई निर्देशन दिएको छ ।

आयोजक कमिटीका सदस्यहरू वडाबाट चुनिएर आउनुपर्नेमा त्यसो नभई स्वतः प्रतिनिधि भएको, प्रतिनिधिहरुको छनौट समावेशी नभएको, पार्टीको विधान अनुसार मापदण्ड पूरा नभएका व्यक्ति प्रतिनिधि चुनिएको, निष्क्रिय तथा गठन नभएका जनसङ्गठनबाट समेत प्रतिनिधि बनाइएको लगायतका आरोप सहित लिखित र मौखिक उजुरी परेको संगठन विभागले जनाएको छ ।

Navadurga sun

सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले उजुरीको आधारमा आवश्यक छानबिन गर्नुपर्ने भन्दै प्रतिनिधिको विवाद समाधान गरेर मात्रै अधिवेशन गर्न सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । बिवादको बिषयमा छानविन गर्न प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी मंगलवार डोटी पुगेका छन्। प्रदेश अध्यक्ष जैशीले बुधवार साँझ सम्म आफ्नो आफ्नो प्रतिवेदन दिने बुझिएको छ ।

अधिवेशन तोकिएकै मितिमा हुने वा सर्ने बिषयमा कुनै आधिकारिक निणर्य नभएको एमाले डोटीका सचिव शेर वहादुर मल्लले जानकारी दिए । उनले भने, ‘प्रदेश अध्यक्ष कमरेडको राय आएपछि अधिवेशन सर्ने नसर्ने कुरा होला ।’

अधिवेशन अनिश्चित भएपछि एमाले नेता कार्यकर्ताहरु अन्यौल वनेका छन् । एमाले डोटीले बुधवारका लागि बोलाएको जिल्ला कमिटी बैठक पनि प्रतिनिधि विवादकै कारण स्थगित भएको छ । अधिवेशनको तयारीका लागि उक्त बैठकलाई महत्वपूणर् मानिएको थियो । अधिवेशनको उदघाटनका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आउने तय भइ सोही अनुसार प्रचार प्रसार पनि भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...