ग्याँस बन्द गर्ने क्रममा आगलागी

धनगढी- कैलालीको टीकापुर स्थित एक घरमा ग्याँस बन्द गर्ने क्रममा आगलागी भएको छ । टीकापुर नगरपालिका-१ ब्लक नम्बर-९ स्थित आशिष बजगाईको घरको भान्सा कोठामा चिया पकाई ग्याँस बन्द गर्ने क्रममा मंगलवार साँझ आगलागी भएको हो ।

आगलागी हुँदा भान्साकोठा भित्र रहेका फ्रीज, पङ्खा, किचन र्‍याक, ग्याँस चुलो, सोफा सेट, एलइडी टिभी लगायतका सामान गरी अन्दाजी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...