एमाले बैतडी अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन

बैतडी- नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन्। एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई सर्वसम्मत चयन गरेको बताइएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सर्वसम्मत नेतृत्व चयन भैसकेको तर औपचारिक घोषणा गर्न भने बाकिँ रहेको स्रोतले बताएको छ। जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ छ। ८ औँ जिल्ला अधिवेशनका उपसचिव लोकेन्द्र भण्डारी उपाध्यक्ष, हजारी साउँद सचिव चयन भएका छन् भने उपसचिवको टुंगो लागेको छैन् ।

Navadurga sun
Godawari sandesh

नरेन्द बिष्टलाई माथिलो पदमा मनोनीतका लागि सहयोग गरिने सहमती भएको छ । अब उनी केन्द्रीय सदस्य हुने वा प्रदेश सदस्य हुने त्यो छलफलबाट निष्कर्ष आउने स्रोतले बताएको छ । अहिले जिल्ला सदस्य स्थानीय तहहरुबाट छनोट भइरहेका छन् । १८ खुल्ला सदस्यका लागि पनि छलफल चलिरहेको एक नेताले बताए । सहमतीमै नेतृत्वको टुंगो लगाउने निर्णय गरिएको थियो ।

Couple
Loading...