समैजी माविले ४२ औँ वार्षिकोत्सव सम्पन्न सँगै रक्तदानमा १५ पिन्ट रगत संकलन

समाज रुपान्तरणका लागि शिक्षकको भूमीका महत्वपुर्ण हुन्छ : नगर प्रमुख भट्ट

अत्तरिया, २८ फागुन- कैलालीको गोदावरी नगरपलिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयले सोमबार ४२ औँ वार्षिकोत्सव सम्पन्न गर्नका साथै १५ पिन्ट रगत संकलन गरेको छ । विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा रत्तदान कार्यक्रम आयोजना गरी उक्त मात्रामा रगत संकलन गरेको हो ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष धनेन्द्र चौधरीको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । उनले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

पछिल्लो समयमा समैजी मावि मजगाउँले शैक्षिक गतिविधि सँग सङ्गै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको भविश्यलाई केन्द्रित रही कसरी अगाढी बढ्ने, स्काउट शिक्षा बारे जानकारी, कसरी गुणस्तरिय एव उपयोगी शिक्षा आर्जन गर्ने लगायत राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ठ प्रदर्शन रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले विद्यार्थीलाई असल बनाउन अभिभावकको भूमिका पनि महत्वपुर्ण हुने बताए । समाजलाई सहि बाटोमा डोर्याउनकालागि शिक्षकको भूमीका तारिफयोग्य रहेको भन्दै उनले शिक्षकको भुमीकाको नगरपालिकाले उच्च मूल्यांकन गरिरहेको बताए । देशका भविष्य बालबालिकालाई चरित्रबान बनाउनमा शिक्षकको हात रहेको उनको भनाई थियो ।

सोहि योगदानको मुल्यांकन गर्दै नगरपालिकाले यस वर्षदेखी हरेक वर्ष अवकास प्राप्त शिक्षकलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको भट्टले बताए । नगरपालिकाभित्र थुप्रै विकास निर्माणका काम गर्नुपर्ने भएपनि आर्थीक अभावले गर्न नसकिएको उनले बताए । नगरपालिका भित्र समस्याहरु धेरै भएको तर आन्तरीक श्रोत कम भएको भन्दै बिस्तारै सबै कामहरु गर्ने बताए ।

जनताको सबैभन्दा नजीकको सरकार स्थानीय सरकार नै भएकोले जनताका हरेक मागलाई सम्बोधन गर्न आफुहरु प्रतिवद्ध रहेको भट्टले बताए । वडा नम्बर ७ र ८ को सिमा विवादलाई ठुलो मुद्धा नबनाउन सामाजिक अगुवाहरुलाई आग्रह गर्दै उनले केहि समस्या भएमा नगरमा आई छलफलका माध्यमबाट टुंग्याउनु पर्ने बताए ।

विद्यालयले किताबी ज्ञान मात्रै प्रदान गर्नु भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । साथै नगर प्रमुख भट्टले समैजी माबिको प्रगति र उन्नतिको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रत्तदान जीवनदान भन्ने उद्देश्यले रत्तदान गरि रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिएको बताईन् । रगत नै नपाएर ज्यान गुमाउने अवस्था न्युनीकरणका लागि उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताईन् । रत्तदान कार्यक्रमले समाजमा नयाँ सन्देश पनि प्रदान गर्ने भएकोले विद्यालयले उत्त कार्यक्रमको आयोजना गरेको बताईन् ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले विद्यालयले आयोजना गर्न लागेको रत्तदान कार्यक्रममा आफुहरुले सहयोग गरेको बताए। रत्तदान मानव सेवाको महत्वपूणर् कार्य भएको भन्दै देउवाले रत्तदानमा सरिक भईदिन सम्बन्धीत सबैलाई केही अगाडी देखि आग्रह समेत गरेका थिए ।

विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ । समैजी माविले विद्यालयको ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको हो । रत्तदान कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिले पनि सहकार्य गरेको थियो ।

विभीन्न साँकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विभीन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरुस्कृत तथा सम्मान गरिएको छ । ४२ औ बार्सिक उत्सव मनायको उक्त विद्यालयले अहिले कक्षा १२ सम्म पठनपाठन गराउँदै आइरहेको छ । बार्सिक उत्सव कार्यक्रम को अवसरमा बिधालयले स्याउले बजार समिति सङ्गको सहकार्यमा रक्त दान कार्यक्रम समेत आयोजना गरेको थियो ।

स्कुलमा करिब ११ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । बिधालयका शिक्षक तिर्थ राज अवस्थिको स्वागत मनतब्य सङ्गै शुरु भएको उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा गोदावरी नगरपालिका उप प्रमुख शारदा रोकाय, गोदावरी नगर कार्यपालिका सदस्य चन्द्रा भुल, वडा सदस्यहरु, स्याउले बजार ब्यावस्थापन समिति अध्यक्ष गोपाल देउवा, नेपाल रेडक्रस सोसाइटीका प्रादेशिक रक्त संचार सेवा धनगढी प्रमुख धरणिधर पन्त, विभिन्न विद्यालयका शिक्षक, संघ सँस्थाका प्रतिनिधी, अभिभावक तथा विद्यार्थीहरुको लगायतको सहभागिता रहेको थियो ।

Loading...