मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला बैतडी पुगे भण्डारी

Purbadhar dadeldhura

बैतडी- मन्त्री बनेपछि दामोदर भण्डारी गृहजिल्ला बैतडी पुगेका छन् । उनी हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । काँग्रेससँगको गठबन्धन विघटन भए पछि उनी एमालेबाट बुधवार मात्रै मन्त्री बनेका हुन् ।

Malpot office dadeldhura

आज (आइतवार) दिउँसो बैतडी पुगेका उनलाई गृहनगर पाटनमा स्वागत समेत गरिएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी भोलि (सोमबार) देखि सुरु हुने एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनका लागि गृहजिल्ला पुगेका हुन् ।

आइतबार बिहान धनगढी पुगेर सुदूरपहाडका अन्य जिल्लाहरुमा पनि स्वागत कार्यक्रम रहेको थियो । तेश्रो पटक मन्त्री बने पछि मन्त्री भण्डारी बैतडी आएका नेकपा एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...