डडेल्धुरा र डोटीमा यस वर्ष ५० किलोमिटर सडक कालोपत्र हुँदै

हरिश चन्द/डडेल्धुरा २७ फागुन- डडेल्धुरा र डोटीमा यस वर्ष ४० देखि ५० किलोमिटर भन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराले प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा ५० किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

पुर्वाधार विकास कार्यालयले चालु आ.व.मा करिब ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला अन्तर्गत रहेको पुर्वाधार विकास कार्यालले डडेल्धुराले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेका छन् ।

डडेल्धुरा जिल्ला र डोटी जल्लामा करिब ५० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । सहजुर बोटान सडक १० कि.मि., सिलगढी सलेना कलेना ७ कि.मि., डडेल्धुराको बुडर जोजबुढा ३० किमि बागवजार बगरकोट ५ किमि पोखरा बेलापुर १० किमि, उग्रतारा मेलौली ३ गरि यो आर्थिक वर्षमा सम्पन हुने कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनु भयो ।

अहिले सम्म ७० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत रहेको यो सडक लामो समय देखि अलपत्र रहेकामा गत असोज देखि धमाधम निर्माण भइरहेको छ । यस वर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख रावलले जानकारी दिनु भयो । डडेल्धुरामा यस वर्ष १९ वटा ठुला सडक र २५ वटा साना सडक रहेको कार्यालय जनाएको छ । ती सडक मध्ये अधिकांश सडक सम्पन्न भइसकेका छन् ।

Loading...