गलत नियतको गठबन्धन भत्काउनुनै एमालेको उपलब्धी : पोखरेल

धनगढी- नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काग्रेंस नेतृत्वमा बनेको गलत नियतको गठबन्धन भत्काउनुनै एमालेको उपलब्धी रहेको बताएका छन् । धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले काग्रेंस नेतृत्वको गठबन्धनबाट देशले निकास नपाइरहेका बेला त्यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बन्नुनै उपलब्धी रहेको बताएका हुन् ।

काग्रेंस नेतृत्वको गठबन्धनले निकास दिन सकेको थिएन पोखरेलले भने “अर्थतन्त्रको स्थिती सुधार हुन सकेको थिएन, त्यही गठबन्धनका कारण सरकारले सही दिशा लिन सकेको थिएन त्यसै कारण हामीले नयाँ गठबन्धन बनाउनका लागी पहल गरेका थियौँ र सफल भइयो, हामीले नयाँ सोच र स्पिडका साथ गठबन्धन सरकार बनाएका छौँ, यो सरकार र गठबन्धनले गति लिन्छ, सही उद्देश्यका साथ भएको गठबन्धनले सही दिशा लिन्छ ।”

Navadurga sun

एमालेका लागी सरकार, मन्त्रालय भन्दा पनि उद्देश्य ठुलो हो, हामीले त्यो उद्देश्यका साथ नयाँ गठबन्धन बनाएका छौँ उनले भने “हामीले कुन मन्त्रालय लियौँ भन्ने कुरा ठुलो भन्दा पनि सरकारको दिशा कस्तो छ भन्ने कुरा ठुलो हो हाम्रो लक्ष सही छ, त्यस कारण हामी सफल हुन्छौँ, एमालेको उद्देश्य देश बनाउने हो, देश बनाउने शक्ती एक हुन जरुरी छ, त्यो भएको छ र अन्य शक्तीहरुलाइ पनि यो गठबन्धनमा सहभागी हुन आग्रह गरेका छौँ।” पोखरेलले यो गठबन्धनमा अन्य दलहरुलाइ पनि सहभागी हुन आग्रह गरे । प्रदेशहरुका सरकार निर्माणमा गठबन्धनलाई बहुमत नपुगिरहेको प्रशंगमा पोखरेलले अन्य दलहरुसंग छलफल भइरहेको बताए । उनले सबै प्रदेशमा बहुमतको सरकार यही गठबन्धन नेतृत्वमा बन्ने दावी गरे ।

तत्कालै कम्युनिस्ट एकताको कुरा भन्दा पनि देशलाई निकास दिने कुरामै बढी जोड रहेको पोखरेलले बताए । पहिला देश बनाउने कुरा हो त्यस पछि पार्टी एकताका कुरा हुन्छन् उनले भने “कम्युनिस्ट एकताका कुरा पनि समय आउँदा होला, तर तत्काल हाम्रो ध्यान देशलाई सही दिशामा ल्याउने हो त्यसका लागी देशका लागी काम गर्ने शक्ती एक हुनु पथ्र्यो, त्यो भएको छ ।” पोखरेल नेकपा एमाले बैतडीको नवौँ अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका थिए । आजै पोखरेल बैतडी प्रस्थान भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...