अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविधालयद्वारा शिवरात्री बिशेष कार्यक्रम

अत्तरिया- कैलालीको अत्तरियामा रहेको ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालयद्वारा शिवरात्रीको अवसरमा शिवद्वाजारोहण एबं स्नेह मिलन कार्यक्रमको आयोजना गरेको छ। ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले भगवती शिवको नाममा सामूहिक केक काट्दै तथा शिवध्वजारोहण गर्दै महाशिवरात्री पर्व मनाएको हो ।

Dadeldhura hospital

ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले आयोजना गरेको शिवध्वजारोहण एवम स्नेह मिलन कार्यक्रम सँस्थाकी प्रमुख ब्रह्माकुमारी रविनाको संयोजकत्वमा सम्पन्न भएको हो ।

Navadurga sun
Godawari sandesh

यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटा , गिता चौधरी, पूर्व मन्त्री कृष्णराज सुबेदी,चुनकुमारी चौधरी,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट लगाएत विभीन्न संघसँस्थाका प्रतिनीधीहरुसंगै श्रद्धालु भत्तजनहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा भगवान शिवको नामबाट सामुहिक केक काटीएको थियो । त्यस्तै शिवध्वजारोहण गदैै भजनकिर्तन गरिएको थियो ।

Loading...