गोदावरी नगरमा शिक्षा क्षेत्र सुधारको लागि तल्लो तहबाट सुधार

अत्तरिया- गोदावरी नगरपालिकाले सरकारी विद्यालय सुधारका लागि शिक्षाको जग ठानिएको प्रारम्भिक बाल विकासकै सुधार शुरू गरेको छ ।नगरभरि १ सय ८ वटा बाल विकास केन्द्र छन् । तिनको भौतिक तथा शैक्षिक सुधारका लागि भवन तथा कक्षाकोठाको मर्मत र शैक्षिक सामग्री व्यवस्थापन गरिएको छ । साथ साथै बालबालिको भविश्य सँग जोडिएका शिक्षक, शिक्षिकाहरुलाई शिक्षण सुधारका लागि तालिम समेत दिई सकेको छ ।

केही बर्ष अगाडि सम्म गोदावरी नगरपालिकाको बुढीतोला, फूलबस्ती, सिमका ग्रामीण क्षेत्रका विद्यालय जीणर् थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर, स्थानीय सरकार गठन पश्चात अहिले केही मात्रामा भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गोदावरी नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउन तर्फ लागेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

शैक्षिक गुणस्तर बढाउनका लागि गोदावरी नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनको प्रक्रिया अघि बढाएको छ । ५६ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गोदावरीमा २१ माध्यमिक र ३६ आधारभूत तहका र ३ ओटा धार्मिक विद्यालय रहेका छन् । भने प्राबिधिक शिक्षा अन्तरगत दुर्गालक्ष्मी नमूना माबिमा कम्प्युटर शिक्षा र ओलानीमा कृषि प्राबिधिक शिक्षा पढाई भै रहेको जानकारी शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताए ।

नगरपालिकाले सरकारी विद्यालय सुधारमा जोड दिएपछि बोर्डिङ स्कूल छाडेर सरकारीमा भर्ना हुने क्रम बढेको छ । यसै शैक्षिक सत्रमा गोदावरी नगरपालिका भित्रमा बोर्डिङ छाडेर सयौं विद्यार्थीहरु दुर्गालक्ष्मी नमूना माबि, सरस्वति माबि लगायत स्कुलमा भर्ना भएका छन् । सरकारी विद्यालय प्रति अभिभावकको भरोसा बढाउन स्वयं मेयर बिरेन्द्र भट्ट आफैं अग्रसर भएका छन् ।

विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभा समेत पहिचान गरी प्रोत्साहन गरिरहेको उनको भनाइ छ । गोदावरी नगरपालिकाले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोही अनुसारका कार्यक्रम गर्दै आएको नगरप्रमुख भट्टले बताए । शिक्षकलाई आफ्नो पेसा प्रति जिम्मेवार बनाउनका लागि तालिम दिने र प्रोत्होसान समेत दिने तयारीमा पालिका रहेको बताए । सामुदायिक स्कूलहरुको भौतिक संरचना सुधार सँगसँगै बिद्यार्थीको भविश्यलाई हेर्दै गुणस्तर सुधारमा गर्दै लागेको जनाएको छ ।

Loading...