धनगढी- कैलालीको घोडाघोडीमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएको छ । घोडाघोडी नगरपालिका-४ गणेशपुर बस्ने सुधराम चौधरीको काठको दुई तले कच्ची गोठमा बिद्मुतको तार सट हुन गई शुक्रवार राति आगलागी भएको हो ।
आगलागी हुँदा गोठ भित्र रहेका अन्नपात, लत्ता कपडा, भाडाबर्तन लगायत गरी अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।