डोटीमा सहकारीले  ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने

डोटी– डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार ६ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको हो ।

Dadeldhura hospital

सहकारीले मङ्सिर देखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैत सम्म प्रमाणीकरण सहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसान सम्म पुर्याउने गरेको छ ।

Navadurga sun
Godawari sandesh

यस वर्षको अहिले सम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइ सकेको सहकारीका व्यवस्थापक ठक्कर बहादुर कठायतले बताए । ७५ हजार ५ सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रतिकेजी ८० रुपैयाँ का दरले बीउ बिक्री गर्ने गरेको छ । सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिट लगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ ।

सहकारीले विभिन्न एग्रोभेट मार्फत बीउ आपूर्ति गर्दै आएको छ । डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ । सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउन लगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो ।

Loading...