“रारा राष्ट्रिय म्युजिक अवार्ड -२०८०” गाइका कृष्णा सिराडीलाई

सन्तोष पाण्डेय /अत्तरिया – रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० उत्कृष्ट भाषाभाषी गाइकातर्फ गायिक कृष्णा सिराडीले पाएकी छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनले अवार्ड ग्रहण गरेकी हुन्।

‘पछिल्लो समय मातृ भाषामा गीत गाउने गायक गायिका हरुको संख्या घट्दो छ। यहीबीच मेरा गीतलाई उत्कृष्ठ ठान्दै रारा म्युजिक अवार्डका लागि उत्कृष्ट ठानेकोमा खुसी लागेको छ। यसले मलाई सांगीतिक क्षेत्रमा थप सक्रिय हुन प्रेरित गरेको छ,’ उनले भनिन्।

Navadurga sun

अवार्ड जित्न सफल बनाउनु हुने सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेकी छन । आगामी दिनमा पनि यहाँहरूको यस्तै साथको अपेक्षा गरेकी छु,’ गायिका सिराडीले भनिन्। आज अवार्ड जित्दा निरन्तर संगीतमा क्रियाशील हुन थप प्रेरणा मिलेको उनले बताइन्।

डोटीको बडिकेदार-५ सिराडा घर भई हाल धनगढीलाई कर्मथलो बनाउदै आएकी सिराडी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छिन्।

हालसम्म कृष्णाले २ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका बास घुघुती, देउर्या, सालीको बैस र झल्का लाइगै साली जस्ता गीत चर्चित छन्। दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाले पनि आफू यस क्षेत्रमा सक्रिय रहेको उनले बताइन्।

बाल्यकालदेखि उनलाई संगीत मन पर्थ्यो , ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन्। साथै उनी विभिन्न सामाजिक कार्य गर्दै आएकी छन्।

सिराडी अतारिया स्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सहसञ्चालिका र डेउडा प्रतिष्ठानकि केन्द्रिय सदस्य पनि हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...