बाजुरामा नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहद्धारा क्षती

बाजुरा- बाजुरामा नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले क्षती पुर्‍याएको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेला ढाड नौलामा रहेको एनटिसिको फोरजी रिपिटर टावरमा आइतबार राती अज्ञात समूहले क्षती पुर्‍याएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले अज्ञात समूहले गर्दा टावर पुणर् रुपमा क्षति भएको बताए।उनले करिव डेढ बर्षको अथक प्रयास पछि बनेको टावरमा क्षति पुर्याउने जुनसुकै दोषीहरुलाई कानुन सम्बत कार्वाही हुने बताए । उनले यो घटनाअत्यन्तै दुख लाग्दो रहेको र सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न नहुने उनले बताए ।

Navadurga sun
Godawari sandesh

विभिन्न संरचना बनाउदै गईरहेको अवस्थामा अरु भत्काउदै र विगार्दै जाने गर्दा आफुलाई अफ्ट्यारो परिस्थितिमा पार्ने गरेको नगर प्रमुख बोहराले बताए । उनले भने, यदि म प्रति कसैको आक्रोस हो भने मेरो घर भत्काईयोस फरक पर्दैन तर सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न हुँदैन् । यसरी जनतालाई प्राप्त सुविधा खोस्ने अधिकार कसैलाई नभएको र यसमा सबैको ध्यान जान पनि जरुरी रहेको बताए । यता अज्ञात समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कोल्टि कार्यालय प्रमुख केशव खड्काले बताएका छन् ।

Couple
Loading...