पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा सुरु

डोटी- पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा डोटीको दिपायलमा मंगलबार बाट सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार महासंघ डोटी शाखासंगको समन्वय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश, डोटीको सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहयोगमा सभाको आयोजना गरेको हो ।

भोलि (बुधबार ) सम्म चल्ने उक्त सभाले पत्रकार महिलाका पेशागत समस्या तथा समाधानका उपायका विषयमा छलफल गर्नेछ । सभामा प्रदेशका ९ ओटै जिल्लाका ४० भन्दा बढी पत्रकार महिलाहरुको सहभागीता रहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...