संसद् भवनभित्रै लघुवित्तपीडितहरूको प्रदर्शन

काठमाण्डौं- संसद् भवनभित्रै लघुवित्तपीडितहरूले प्रदर्शन गरेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेका थिए ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संस्द परिसर भित्रै सुतेर विरोध जनाएका थिए । गेटमा एकै पटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् ।

उनीहरु गेट घकेलेर भित्र छिरेका थिए । लघुवित्त पीडितहरू लामो समय देखि आन्दोलनमा छन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार संसद् भवन परिसरम प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी ४९ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

Loading...